शिक्षा एक आधारभूत आवश्यकता
शिक्षा एक आधारभूत आवश्यकता
यो नेपाल हिमाल काख विचमा स्वर्गीय उद्यान छ ।
जम्मू द्वीप भरी छ सुन्दर अती नेपाल नै रम्य छ ।।
सीमा उत्तरका हिमाल चुचुरा पाखा पखेरा सव ।
ढाकी उद्धगम शोभनीय प्रकृती मुस्काउने देश छ ।।१।।
कस्तुरी मृगका सुगन्ध वहने नेपाल उद्यान हो ।
डाँफेका नव रङ्गले वरिपरी झल्काउने शान हो ।।
त्यो बुकी फुलको पराग छरदै हावा बहेको हुने ।
वासन्ती सुषमा सजाउन यहाँ, शोभा बढाई दिने ।।२।।
गौ माता भनि गाइ लाइ सवले आमासरी ठान्दछन् ।
बोकी राष्ट्रियता अनन्त गहिरो पूजेर राखिन्छ झन् ।।
नेपाली जन विश्वका नजरमा हौं स्वावलम्बी भनी ।
खोजी गर्न लगाई हामीहरुमा आवश्यकै के छ नी ।।३।।
कैयौं प्रश्नहरु उठे जगत्मा सारा जुटाई कन ।
पूर्ति गर्न समस्त प्रश्नहरुको के मा समाधान छ ।।
दुई हज्जार वयस्क हुन्छ जहिले इश्वीय सन्को दिन ।
सोही सम्म अवश्य पूर्ति गरने जे जे छ आवश्यक ।।४।।
राजावाट अगाध प्रीति हुनगै सारा प्रजामा जव ।
हुकुम बक्स भयो समस्त जनता लाई उठाऊन र ।।
शिक्षा, शास्त्र, कृषी र उद्यम अनी व्यापार सिंचाइका ।
याता यात र गाँस, बास, कपडा, विज्ञान औ स्वास्थ्यका ।।५।।
ती नाना थरिका अनेक गहना नेपाल श्रृङ्गारका ।
एशीया भरिका अरु जगसरी त्यो माप आधारका ।।
साराका सरि मापदण्ड भरमा नेपाल उच्चा गरौं ।
उच्चाशीर लिएर विश्वभरमा नेपाली आशा भरौं ।।०।।
शिक्षा हो जगमा अती गहकिलो यैं हो सफा सुन्दर ।
शिक्षानै छ अनन्त ज्योति भरने विज्ञानका खातिर ।।
शिक्षाले भरि दिन्छ आज जगमा, जे को छ आवश्यक ।
शिक्षा ज्योति छरौं सबै जन मिली डाँडा र पाखा सव ।।७।।
ए नेपाल ! अकासिदै तँ अघि जा यो नाम–चम्काउन ।
शान्ति क्षेत्र वनेर विश्वभरमा, सौन्दर्य झल्काउन ।।
भर्नू पर्दछ मापदण्ड जगमा यो एशियाका भरी ।
गछौं हामि सहायता मिलिजुली हाते र मालो गरी ।।८।।
त्यो लम्बा हिमशैलका वरिपरी खेलेर घुम्ने डुली ।
डाँफे औं हिममानुसै अनि अरु तिम्रा र ती न्याहुली ।।
ती आकाश छुने पहाडÞ चुचुरा छाँगा र झर्नाहरू ।
श्रद्धाका संग सम्झि राख न सखे ! मातृ निशानाहरू ।।९।।
वर पर सवघेरा मित्रका देशको छ ।
हिमगिरी चुचुराको क्या सिमाना छ वेश ।।
सब संग मिलि वस्ने, स्वावलम्बी बनेर ।
यहि विच मुसकायो देश नेपाल हेर ।।१०।।
अव जन मनमा क्यै छैन चिन्ता हरायो ।
त्रिभुवन भरमा क्या योग्य राजा उदायो ।।
शुभ दिन छ खुसीको आज नेपाली सारा ।
मिलिकन अब पोखौं रम्य उद्वार धारा ।।११।।
दुर्गा प्रसाद गौतम