प्रकाशनहरूमा फर्कनुहोस्

मुक्तक माहात्म्य

July 11, 2026
कविता/मुक्तक (Poem)
 

मुक्तक महात्म्य

छात्र

लेख्छौ जाँच तिमी पवित्र मनले भन्ने सुनेको थिएँ

देख्दैछु तिमी लेखनी मुखभरी हाली वसेका किन ?

पढ्दा ता विदितै थियो नि, नजिकै आयो परीक्षा भनी ।

जाना जाति विताउछौं दिन र पो यो हाल तिम्रो छ नी ।।१।।

अर्ति

पढ्दामा मिहिनेत गर्नु, घरमा घोक्नू अती ध्यानले ।

धेरै खानु र खेल्नु, सुत्नु ई तिनै त्यागी दिनू ज्ञानले ।।

यस्तै कार्य अनन्त सम्म तिमीले सोचे भलो हुन्छ है ।

यसमा ध्यान भएन पो यदि भने बेहाल नै हुन्छ है ।।१।।

पंडित

दिन्का दिन तिमी ती पुराण र कथा ती वेद रुद्रीहरु ।

ती शच्या, व्रतवन्ध, श्राद्ध र क्रिया, गाई, सुर्वर्णेहरू ।

तिम्रा ती घरका दराज र कुना कोठा खचा खच हुने ।

उल्टै सुन्दछु ॅकेही छैन घरमा’ पंडित्नी भोकै अरे ! ।।१०।।

नेता

यो संसार अपार जाल भुविको के शक्नु पन्छाउन ।

नेता हूं भनि दिन्दिनै भुवनमा बक्तव्य चम्काउन ।।

हिड्छौ गर्दछु काम सर्वजनको भन्दै मच्चायौ नि त ।

आफ्नै श्रीमती साथ पर्छ भाडा तिम्रो तमासा सित ।।१।।

साथी

एकै छन्दमहा नलेख कविता के हुन्छ त्यो रोचक ।

एकै वस्त्र संधै लगाइ रहदा थोत्रो भइ हाल्दछ ।।

यौटै पुस्तक दिन्दिनै पढिरहे के स्वाद पो हुन्छ नी ?

एकै मात्र छ पत्नी ता यदि सखे ! ल्याऊ नयाँ सुन्दरी ।।१।।

व्यापारी

क्या बेच्यौ मिटरै बटारी कपडा च्यात्यौ हजारौं कति ।

कागज्मा गुठुरी बनाई कतिका पैसा हत्यायौ कति ।।

राम्रो चीज भनी भुलाइ तिमीले थोत्रा विकायौ अरे ।

पत्नी भोजन पर्खि पर्खि रिसले प्वैला हिडेकी छ रे ।।१।।

Compare Queue 0/2