प्रकाशनहरूमा फर्कनुहोस्
सुर्ती महात्म्य
सुर्ती महात्म्य
के गछौं ? तिमी नोकरी जागतमा आयो जमाना नयाँ ।
झट्टै सुर्ति, तमाखु, खैनी र नयाँ गाँजा लगाऊ यहाँ ।
जो खादैन तमाखु, सुर्ति र अनी खैनी र गाँजा हरू ।
त्यस्ताको अव नाम छैन जगमा नौलो जमाना सुरु ।।१।।
रोपी सुर्ति र खैनी भाङ, धतुरो, खेती यसैको गर ।
छोडी माष्टरी कर्म लाग यसमा ठूलो परिश्रम् गर ।।
हज्जारौं जनमा कराउनु सरी यो छैन गारो सुन ।
पैसा रैनछ माष्टरी जगतमा यै हो मजाको धन ।।२।।
वट्टा खोलि निकाल खैनी र चुना भेलागरी हातमा ।
दायाँ अङ्गुलले पिसेर यसमा पड्काइद्यौ तालमा ।।
यस्तो अमृत आजको सुगमहा पाई नसक्नू र छ ।
खैनी माडÞ सँधै भरी प्रिय सखे यस्मा ठुलो स्वाद छ ।।३।।