प्रकाशनहरूमा फर्कनुहोस्

शिक्षा ज्योति फैलाऔं

July 11, 2026
कविता/मुक्तक (Poem)
 

शिक्षा ज्योति फैलाऔं

नेपाली जनको सुयोग्य धरती नेपाल आमाकन ।

शिक्षा ज्योति छरेर यो भुवनका लाला र वाला कन ।।

नेपाली बनका गरीव र धनी सारा सँगैमा बसी ।

पाउन् पढ्न मिलेर साथ सवले हाते र मालो गरी ।।

 

साथी भाइ मिली दिदी र बहिनी गाउन् खुशीले यहाँ ।

वेँसी खोंच, मदेश, टारि सवका डाँडा र पाखा यहाँ ।।

चारै जात र छत्तीसै थर मिली फूलेर वासून् अव ।

फैलोस् मग्मंग वासना जगभरी शिक्षा लियी झल्मल ।।

 

शिक्षाको जगमा अनन्त महिमा, यै हो मजाको धन ।

यस्को कीर्ति फिजाउने तिर मिली लागौं सबै सज्जन ।।

पूर्खाको इतिहास लाई सवले हेरौं पछाडी तिर ।

भानू भक्त र मोतीराम अनि ती लक्ष्मी प्रसादै तिर ।।

 

जस्का काव्ययहा अनन्त महिमा घन्किन्छ डाँडा भरी ।

शिक्षा ज्योति छरौं सखे ! भुवनको यो रम्य धार्ती भरी ।।

 
Compare Queue 0/2