प्रकाशनहरूमा फर्कनुहोस्

साथीको बिदाइमा

July 11, 2026
कविता/मुक्तक (Poem)
 

साथीको विदाइमा

छन् घेरा छात्र छात्रा वरि परि लहरा झैं सजाएर शोभा ।

नेपाली गान चम्क्यो प्रकृति वनभरी ती चरीको छ डेरा ।

तिम्रै हो यो विदाई हरि ! विहग सरी जाउ पङ्कन फिजाई ।

हाँसे हेरी हिमगिरी चुचुरा आज रम् झम् मनाई ।।

 

प्रातः काल गयो र साथिहरुको सारा जमातै गयो ।

आयौ हामी एघारको समयमा कस्तो उजाडै छ यो ।

देखिन्छन् कविता दिनै दिन यहाँ नौला थरीका सव ।

लेख्दैछु म त एकलो छु नि सखे ! भ्याए जती नै अव ।।

 

एक्लो छु भनि भन्दिदा पनि सखे ! पाइन्न शान्ती भने

जम्मै मित्र समाज गर्छ कर यो लेखुन् सधै नै भनी

लौ ठिक्कै छ म लेखि दिन्छु कविता सौहार्द्रताले नि है ।

भाषा छान्दिक बोकी हिड्छु म सदा ताउ जुगामा दिदै ।।

 

लेख्ने हो कविता सधै यदि भने लेखौ मजाले अव ।

भाषा छान्कि नै अगाँलिकन है ता पो मजा हुन्छ त ।

प्यारा मित्र ! मलाई साहस मिल्यो एक्लै म भिड्ने भएँ ।

चम्कून् मित्र भनेर पो म अहिले छुच्चो बने झैं भएँ ।।

Compare Queue 0/2