(kaasidaasa) काशीदास
Remarks
काशिदास (नेपाल प्रवेश गर्ने प्रथम पुर्खा)
- षट्शास्त्रवेत्ता तथा चतुर्वेदमा पारङ्गत विद्वान,
- भागवत पुराणका पारायण तथा प्रवचक
उनी ऋतुभद्रको वंशक्रमका ८ औं पुस्ताका सन्तान, षट्शास्त्रवेत्ता र चतुर्वेदका प्रकाण्ड विद्वान (अग्निहोत्री ब्राह्मण) थिए । त्यतिबेला जोगाएर ल्याइएको अग्निलाई कालान्तरमा धादिङको जीवनपुरमा स्थापन गरिएको थियो, हाल उक्त अग्निलाई काठमाडौंको पशुपति क्षेत्रमा निरन्तरता दिइएकोछ ।
सं. १२५० को दशकतिर कान्यकुब्ज (कन्रौज) अन्तर्गत हरियाणा ग्राम (हाल भारतको उत्तर प्रदेशको फर्रुखावाद जिल्लामा पर्ने कन्नौज) मा मुसलमान (मुगल) हरूको अत्याचार बढेपछि उनी धर्म रक्षार्थ आफ्ना अनुयायी र शिष्यहरूसहित नेपालको जुम्ला (सिंजा) आइपुगेका थिए । वर्तमान नेपाल अन्तर्गत रहेको जुम्ला साम्राज्य को सिञ्जा प्रदेसका नरेशको आमन्त्रणमा विद्वनहरुको समुह लिएरयज्ञ-अनुष्ठान सम्पन्न गर्न पटक-पटक आउनेगरेका हुनाले १३ जना ब्राह्माणको टोलि लिएर उत्तराखण्ड-गढवाल हुँदै तिब्बतको बाटोबाट नेपाल क्षेत्रमा प्रवेश गरेको विश्वास गरिन्छ ।
उनको विद्वताबाट प्रभावित भई तत्कालीन सिंजापति राजाले उनलाई आफ्नो गुरु-पुरोहित बनाए. पछि जुम्लाका राजाले आफ्ना पुरोहित (काशिदासका वंशज) लाई रुकुमको गोतामकोट बिर्ता स्वरूप दिए. त्यही गोतामकोटमा बसोबास गरेका हुनाले कालान्तरमा उनका सन्तानलाई 'गोतामे' वा 'गौतम' भन्न थालियो ।
Membership History
No memberships yet
Organization Membership
No board memberships yet
Person Events
No person events yet
No siblings in the database yet.
No cousins found.
Photo Gallery
No photos available for this person yet.